नेपाल टेलिकमको आकर्षक ‘विन्टर अफर’, ६ रुपैयाँमा १ घन्टा कल !

0
17

नेपाल टेलिकमले मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा ल्याएको गरेको छ । नयाँ एपमार्फत टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरूका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिने कम्पनी जनाएको छ ।

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ ।

सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम डाटा भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड डाटा प्याक, अल टाइम सोसियल डाटा प्याक, अल टाइम डाटा स्ट्रिमिङ प्याक रहेका छन् । त्यस्तै, अल टाइम फोरजी डाटा प्याक जीएसएम\सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिवेदनको डाटा प्याक, अल टाईम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियूजी प्याकेजलगायतका सेवामा अफर दिइएको छ ।

नेपाल टेलिकमले मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा ल्याएको गरेको छ । नयाँ एपमार्फत टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरूका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिने कम्पनी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here