दिलिप महतोले न्याय पाउनुपर्छ

0

धनुषाको मिथिला नगरपालिकामा शुक्रबार अवैध गिट्टीबालुवा उत्खनन्‌को बिरुद्ध सामाजिक रुपमै विगत केही वर्षदेखि अभियान चलाउँदै आएका  २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको छ । एक रिपोर्ट अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।

टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ । दिलीप भारतको भोपालस्थित मैकेनिकल इन्जिनियरिङ्गमा  इन्जिनियरिङ्गको अन्तिम वर्षमा अध्ययनरत्त थिए ।

यो हत्या नियोजित हो कि होइन भन्ने कुरा पत्ता त लाग्ला । तर प्रकृती हेर्दा यो योजना अनुसार नै भएको देखिन्छ । अबैध उत्खाननको बिरोध गर्दा उनी त्यो व्यवसाय गर्नेका लागी आँखाको कसिङ्गर बनेका हुन सक्छन् र उनले यो नियती भोग्नुपरेको हुनुपर्छ ।

यसमा शक्तिको आडमा उनले न्याय नपाउन सक्ने पनि उत्तिकै सम्भावना छ । उनले न्याय पाउनुपर्छ र जसले उनको हत्या गरे वा गर्न लगाए सबै न्यायको कठघरामा उभिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here