के मेगन राजपरिवारको भूमिकाबाट अलग हुनुको कारण जातिबाद हो ?

0
264

बेलायतका राजकुमार प्रिन्स ह्यारी र उनकी पत्नी डचिज अफ ससिक्स मेगनले राजपरिवारको भूमिकाबाट अलग हुने घोषणा गरेका छन् । बकिंगम प्यालेसबाट बुधबार विज्ञप्तिमा निकालेर ह्यारी दम्पतीले सामान्य जीवनयापन गर्ने  जानकारी दिएका हुन् ।

‘हामी दुवैजना आर्थिक रुपमा स्वतन्त्र बन्न चाहन्छौं’, उनीहरुको विज्ञप्तिमा उल्लेख छ । राजकुमार दम्पतीले भूमिका त्याग्ने घोषणाबारे आफूहरुसँग सल्लाह नगरेको भन्दैराजपरिवार निराश भएको केहि सन्चारमाध्यमले जनाएका छन् ।

बेलायती सन्चारमाध्यमहरु मेगनलाई बेलायतबाट निकाली छाड्ने अघोषित योजनामा सफल भएको न्युयोर्क टाइम्सको एउटा लेखमा उल्लेख छ । तर राजकुमार प्रिन्स ह्यारी पनि बाहिरिनु उनीहरुको योजना र कल्पना भन्दा बाहिरको कुरा भयो । बेलायती सन्चारमाध्यमहरुले यसलाई बिभिन्न तरिकाले प्रतिकृया दिए ।

बेलायती सन्चारमाध्यमहरुले उनलाई एकपछी अर्को गर्दै जान्तिबादी प्रतिकृयाले आक्रमण गरे जुन उनले चाहेर पनि वास्ता नगर्न सकिनन् । ‘एक्जोटिक डिएनए’ जस्ता हेडलाईनहरुले उनलाई प्रहार गरिन्थ्यो । एक बिबिसी होस्टले त उनको बच्चालाई ‘चिम्पान्जी’सङ्ग पनि तुलना गर्ने निकृष्ट काम गरिन् । उनको च्यारिटी कूकबूकले आतङ्काकारी सङ्गठनलाई मद्दत पुगिरहेको भन्ने पनि गलत आरोप लगाइयो । उनलाई यसरी आकरमण गर्नेहारुलाई यो जातिबादिसङ्ग स म्ब न्धित छैन भनेर बुझाउन निकै गार्हो पर्‍यो । यतिसम्म कि उनले गरेका कामहरुले आलोचना खेप्न पर्थ्यो जुन अरु रोयल सदस्यले गर्दा तारिफ प्राप्त हुन्थ्यो । उनले बृटिश भोग भन्ने म्यागेजिनमा पाहुना सम्पादकीय लेख्दा आलोचना खेप्नपर्‍यो । जब कि केट मिडल्टनले हफिङ्टनपोस्टमा लेख्दा तारिफ प्राप्त गरेकी थिइन् ।

यो दृष्टान्तले के प्रमाणित हुन्छ भने तपाइँ जती नै राम्री हुनुस् या जती नै धनी हुनुस् या राजपरिवारकै किन नहुनुस् तर यो जातिबादी समाजले तपाइँलाई सधै पच्छ्याउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here