जेएनयूका विद्यार्थीको प्रदर्शनमा दीपिकाको साथ : मिल्ला त हौशला ?

0
825

भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीको प्रदर्शनमा ऐकवद्धता प्रकट गर्न बलिउड अभिनेत्री दीपिका पादुकोण पनि पुगेकी छन् ।

गएको आइतबार राति नकावधारी हिन्दूवादी समूहले आक्रमण गरेको विरोधमा जेएनयूका विद्यार्थीहरुले प्रदर्शन गर्दै आएका छन् । प्रभावित भएका विद्यार्थीसँग भेट्न तथा विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउन दीपिका जेएनयू पुगेकी हुन् । नकाबधारीले विश्वविद्यालयमा प्रवेश गरेर विद्यार्थी तथा शिक्षकमाथि आक्रमण गरेका थिए । 

जेएनयू घटनामा अरु धेरै चलचित्रकर्मीले आफ्नो प्रतिक्रिया दिइरहेका छन् । एनडिटिभीसँग अन्तर्वार्ता दिँदै दीपिका ले आफ्ना कुरा व्यक्त गर्न नडराउने बताएकी छन् । यसरी कुनै कलाकारले आएर साथ दिदा निस्चय नै त्यसले केहि बल भने पुग्छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here