मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै नेविसंघले-विरोध सभा गर्ने

0
205

नेविसंघले मिडिया काउन्सिलसम्बन्धि विधेयक प्रेस स्वतन्ततालाई हनन् हुनेगरी आएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आउँदो पुष २४ गते बिहिबार दिउँसो १२:३० बजेदेखि विरोध सभा गर्ने नेविसंघले जनाएको छ । प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिष्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा सडक आन्दोलन गर्न परेको नेविसंघले जनाएको छ ।

विरोध कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापा त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्ने नेविसंघका नेता निरन्जन थापाले जानकारी दिएका छन् ।

हालै संसद्को विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको सूचना प्रविधि विधेयक २०७५ले सरोकारवालामाझ बहस सिर्जना भएको छ । धेरैले यो विधेयकलाई सरकारको दम्भको उपजको संज्ञा दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here