अब जिस्क्याए पनि १० लाख जरिवाना, के यो उपर्युक्त छ ?

0
Disloyal man walking with his girlfriend and looking amazed at another seductive girl

सूचना प्रविधि विधेयकले सामान्य अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा ठुलो खाडल देखिएको छ ।

फौजदारी संहिताले हाडनाताभित्रको करणी गरेमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने विधेयकअनुसारकसैले कसैलाई जिस्क्याएमात्र पनि १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था छ ।

एक रिपोर्ट अनुसार संहिताको दफा २२० ले सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीच करणी भए चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ भने विधेयकको दफा ८३ अन्तर्गत साइबर बुलिङ गर्न नहुने खण्डमा कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने कार्य गरे कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।

यो व्यवस्था हेर्दा कस्तो देखियो भने कुनै अपराध गर्नेलाई भन्दा पनि गर्न खोज्ने या त्यस्तो नियत राख्नेलाई यहाँ बढी सँजाय हुए देखियो । फेरी अर्को समस्या के हो भने यहाँ अपराधको मनसाय राखेमा पनि दोब्बर सजाय हुने अवस्था छ । तर त्यो मनसाय कसरी थाहा पाउने भने पनि अर्को समस्या हो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here