नेपालमा पार्टी गर्न पाइने बस : चुनौती र अवसर

0

के तपाइँ पार्टी जान वा गर्न सोखिन हुनुहुन्छ ? हुनुहुन्छ भने धेरैले पार्टी कहाँ गर्ने भन्ने अन्यौल ले सत्याउन सक्छ । धेरैलाई क्लब र डिस्को जान अनुकुल नहुन सक्छ ।

पार्टी गर्नको लागि यी ठाउँमा मात्र भर पर्न नपर्ने भएको छ । पार्टी बस नेपालले ठूलो ‘पार्टी बस’ सञ्चालनमा ल्याउने भएको छ।

पार्टी बसमा हाईफाई डिजे संगीत , सुविधा सम्पन्न बार, छुट्टै धुम्रपान क्याबिन, डान्स फ्लोर रहेको छ। र यसका लागी छुट्टै शुल्क पनि निर्धारण गरिएको छ ।

प्राइभेट पार्टीको ३ घण्टाको ३५ हजार रुपैयाँ र त्यसपछि प्रत्येक घण्टाको १० हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५५ हजार रुपैयाँ र त्यसपछि प्रतिघण्टा १० हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८५ हजार रुपैयाँ र त्यसपछि प्रति घण्टा १० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीको वेब साइटमा छ। स्पेसल थिमको पार्टीको लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकिएको छ। यसको क्षमता ३६ जनाको छ।

बास्तबमा यो नयाँ कन्सेप्टले कस्तो प्रतिफल दिन्छ त्यो हेर्न बाकी छ । प्राय पार्टी राती हुन्छ र यस्तो बसमा सुरक्षाको चुनौती पनि पछी प्रबल रुपमा देखिन सक्छ । त्यसको उचित सम्बोधन गर्न सके यो बसले धेरैको मन जित्न सक्छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here