ट्रम्प महाभियोग – हट्छन् वा हट्दैनन् ? यस्तो छ यसको प्रभाव

0

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाइएको छ । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ को बहुमतले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाएको हो ।

महाभियोग लागेसङ्गै धेरैमा अब राष्ट्रपति हट्ने हुन कि भन्ने पनि परेको छ । तर त्यो गलत हो । प्रकृया मात्र शुरुवात भएको हो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगको पक्षमा मतदान गरेको हो। महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो। अब ट्रम्प हट्ने नहट्ने  माथिल्लो सदन (सिनेट)ले तय गर्दछ । त्यहाँ दुई तिहाई बहुमतले पक्षमा मतदान गरे मात्र ट्रम्प राष्ट्रपति पदबाट हट्ने छन्।

अमेरिकी इतिहासमा ट्रम्प महाअभियोग लागेको यो पहिलो चोटी भने होइन । महाअभियोग लाग्ने ट्रम्पतेस्रो बहालवाला राष्ट्रपति हुन्। यसअघि सन १८६८ मा १७औं राष्ट्रपति एन्ड्रयू जोन्सन र १९९८ मा ४२ औं राष्ट्रपति बिल क्लिन्टनलाई तल्लो सदनले महाअभियोग लगाएको थियो।

माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५३ जना सदस्य रहेका छन् भने डेमोक्रेटिक पार्टीका ४५ जना सदस्य मात्र रहेका छन्। सिनेटमा २ जना स्वतन्त्र सांसद रहेका छन्। महाभियोग पारित हुन ६७ भोट चाहिन्छ जुन डेमोक्रेटहरुले पुर्‍याउन असम्भव छ। त्यसैले महाभियोग लागेर ट्रम्प पदबाट नहट्ने प्राय देखिन्छ । तर यसको असर भने अवश्य पर्छ । यसले उनको गरिमामाया पदलाई दख्खल त दिन्छ नै भने भविष्यमा पनि यसले दुर्गामी प्रभाव पार्न सक्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here