आखिर १० बर्षे जनयुद्द केका लागी थियो त ? माओवादी नेताहरुलाई पदमा पुर्याउनका निम्ती मात्र थियो त ?

0
155
Pic - SCMP

हिजो देउवा सरकार बिरुद्ध आन्दोलन थालेका प्रचन्ड र तिनै प्रचन्ड र उनका पार्टिका नेताहरुको टाउकोको मुल्य तोकेका देउबा फेरी केहि बर्षको अन्तरालपछी एकैसाथ उभिएर साझा सरकार निर्माण गरे ।

यो समिकरण सत्ता राजनितिको उपज होला तर एउटा प्रष्न भने अवस्य उठ्छ ( आखिर फेरी मिल्नु नै थियो भने जनताका नाममा त्यत्रो जनयुद्द किन चलाईयो ? उक्त आन्दोलनले गर्दा देश र जनताले ठुलो क्षति बेहोर्नुपर्यो । त्यो जनयुद्दका क्रममा हजारौ मानिसले ज्यान गुमाए, अङ्ग भङ्ग , घर बार बिहिन भए । जनताका नाममा बुलन्द भएका यस्ता आन्दोलन र युद्दले न त कुनै स्थायी प्रकृतिको लोकतान्त्रीक ब्यबस्था कायम गर्न सक्यो न त यसले अपेक्ष गरेअनुरुपको अवस्थामा नै परिवर्तन ल्याउन सक्यो ।

राष्ट्रिय राजनीतिमा बुलन्द भएर आएका असंख्य आवाजले देशमा सहमति निर्माणको प्रयासलाई असम्भव बनायो।सामाजको उन्मुक्ती, उत्पिडन्, असमान्ता, गरीबिको अन्त्यका निम्ती जन युद्दमा होमिएका जनता अहिले झन निराशाजनक अवस्थाबाट गुज्रीरहेका छन ।उक्त जन युद र पछी भएको आन्दोलनले राजसस्थाको अन्त्य त गर्न सफ्ल भयो तर त्यसको बिकल्पमा स्थायी प्रजातन्त्रीक राज्यासत्ता निर्माण गर्न असफल भयो ।

आखिर गरीब र निमुखाको उन्मुक्तिका नाममा भएको १० बर्षे जन आन्दोलन केका लागी थियो त ? के त्यो प्रचन्ड र उनका पार्टिका नेतालाई पदमा पुर्याउनु मात्र थियो त ? त्यो त समय नै बताउला । देशमा ब्यबस्था त फेरिए तर अवस्था त उस्तै छ । देश राजतन्त्रबाट गणतन्त्रमा गयो । तर जनताको अवस्था त फेरिन सकेका छैनन । जुन उद्दस्य र सपनाका साथ लाखौ मानिसहरु जन युद्दमा होमिएका थिए, ति पुरा हुन अझ सकेका छैनन ।शोसित्, पिडित जनताको अवस्था झन दयनिय छ ।

देशले आर्थिक फड्को मार्न त के आर्थिक बिकास शुरु गर्न पनि सकेको छैन ।आर्थिक समृद्दिका हिसाबाले देश झन पछी परेको छ । राजा फाल्नु मात्र जनयुद्दको उद्दस्य थियो त ? देशमा एक राजा फ्याकिए, त्यसको बदला अनेकौ राजा आए । अहिलेका नेता र बिषिष्ट पद ग्रहण गरेका नेताहरुको तडकभडक र जिवन शैली कुनै राजा महराजाका भन्दा कम छैन । नेपाल ले आर्थिक समृद्धिको रफ्तार लिनुको साटो सरकार परिवर्तन मै व्यसत भयो ।

गणतन्त्र आएपछी नेपालले थुप्रै प्रधानमन्त्री र सरकार पायो । त्यसक्रममा तत्कालिन माओवादिका अध्यक्ष प्रचन्ड दुइ पटक प्रधानमन्त्री बन्न सफल भएका छन । अहिले उनि दो श्रोपटक प्रधानमन्त्री पदमा पुगेका छन ।पहिलोचोटी प्रधानमन्त्री बन्दा उनले देश र जनताका बिकासका निम्ती उपलब्धिमुलक खास केहि गर्न सकेनन । त्यसबेला सन्सदिय प्रणालिमा उनको अनुभब पहिलो थियो ।

अहिले दो श्रोपटक पनि उनि सफल हुन सकेनन र जुन उद्यस्य, सपना देखाएर जन युद्द शुरु गरे, त्यो पुरा गर्न उनि चुके भने उनको पत्तासाफ हुने निस्चित छ । अनि प्रश्न उठ्छ ( केबल तत्कालिन माओवादिका नेता र अध्यक्षलाई बारामबार पदमा पुर्याउनु नै त्यो जनयुद्दको उद्दश्य थियो त ?

बिस्तृत शान्ती सम्झौताको बखत जब प्रचन्ड पहिलोपटक सार्वजनिक भए र आफ्नो मन्तब्य दिए, अधिकाङ्श जनता उनको प्रशङ्सक बनेका थिए । गैर माओवादी कार्यकर्ता र नेता पनि उनको प्रशङ्शक बनेको अनुमान सजिलै लगाउन सकिन्थ्यो । जनता परिवर्तन चाहन्थ्यो । उहि पुराना पार्टी नेता देखेर जनता आजित भैसकेका थिए । फल स्वरुप उनिहरुले तत्कालिन माओवादिलाई अत्याधिक मतले जिताए ।उनि ०६५ सालमा सिङ्घडरबार छिरे । उनिमाथी जनताको आशा भरोसा ठुलो थियो । तर उनले ति आशा भरोशालाई तुशरापत गरिदिए ।

सिङ्घ झै सिङ्घडरबार छिरेका प्रचन्ड त्यसबेलाका प्रधानसेनपतिको कान्डमा छोटो समयमै पदच्युत भएका थिए । त्यो अवधिमा न त उनले जनताका जिवनस्थर उकास्न नै सके न त देशको आर्थिक अवस्था नै । उनको बोली र ब्यबहारमा देखिएको अस्थिरताले उनको छाप र ओझ बिस्तारै ओरालो लाग्दै गयो ।जुन आशा र भरोशा जनतामा थियो त्यो क्रमश घट्दै गयो । फल स्वरुप दो श्रो निर्वाचनमा माओवादी पार्टी ते श्रो स्थानमा सिमित भयो । समय सङ्गै माओवादी पनि बिभिन्न चिरामा बिभाजित भयो र फेरी यिनिहरुबिच एकता भएर माओवादी केन्द्र भएको छ । केहि अशन्तुश्ट नेता कार्यकता भने त्यो एकतामा अटाउन सकेनन ।

तत्कालिन माओवादिका उपाध्यक्ष बाबुराम भट्टराइले भिन्न पार्टी खोलेका छन । उनि पनि एकपटक प्रधानमन्त्री भैसकेका हुन । जसरि उनि अर्थमन्त्री हुँदा सफल भएका थिए त्यो सफलता उनले प्रधानमन्त्री हुँदा दोहोर्याउन सकेनन । जनताले उनिबाट पनि धेरै आशा गरेका थिए । तर आशा अनुसार उनले पनि खासै केहि गर्न सकेनन ।

प्रधानमन्त्री भएपछी बाबुराम भट्टराइले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने भन्दइ मुताङ म्याक्स चडेर केहि फरक शैली अप्नाएका थिए । बरु केहि महङ्गो गाडी चडेर जनतालाई चाही मुस्ताङ म्याक्स चड्ने हैसियतसम्म उनले पुर्याउन सकेको भए त्यो चाही केहि उपलभिमुलक हुन्थ्यो होला । उनले गरेका काम मध्य अहिले जनताले सम्झिने एउटा मात्र काम छ ( काठमान्डुका खुल्ला बाटो । त्यसमा पनि हिलो माटो, लथालिङ्गले गर्दा त्यो समझनामा फिक्कापन ल्याइदिएको छ ।

अब फेरी कुरा गरौ माओवादिले चलाएको १० बर्षे जनयुद्दको । गरीब, निमुखा जनताको उन्मुक्ती र सामन्तिबादको अन्त्यका निम्ती तत्कालिन माओवादिले चलाएको युद्दको पिडा र असर सारा जनता र देशले भोग्नुपर्यो् । आर्थिक हिसाबले पनि त्यो युद्दले गर्दा नेपालको बिकासको गती पछाडी धकेलियो । बिभिन्न सपना देखाइ तत्कालीन माओवादिले गरीब र निमुखा जनतालाई युद्धमा होम्यायो । राज्य पक्ष र बिद्रोही पक्षबाट धेरै मारिए, टुहुरा भए, घर बार बिहिन भए, कत्तिले पद्न पाएनन्, कती अशक्त अपाङ्ग भएर बाच्न बाध्य भए ।

द्वन्दका क्रममा अनगिन्ती निर्दोश जनता पनि मारिए, कत्ती त बेपत्ता पारिए । द्वन्दले दिएको क्षति, पिडाको घाउमा अझ मलम लाग्न सकेको छैन । हजारौ जनताले रगतका खोला बगाए, कयौ सहिद भए, कत्तिका सिउदो उजारियो, कतिले यातना सहनुपर्यो । आखिर यो सब के का लागी ? जनताले चाहेको जस्तो आर्थिक समृद्धी त हुन सकेन न त देशमा आर्थिक बिकास नै हुन सक्यो । हिजो टाउकोको मुल्य तोक्ने र तोकिएका ब्यक्ती आज फेरी सङ्गै मिलेर सरकारको नेतृत्वमा छन ।

अहिले दो श्रोपटक तत्कालिन मओवादिका अध्यक्ष प्रधानमन्त्री बनेका छन । उनका लागी यो अवसर र चुनौती पनि हो । जनयुद्धको सार्थकता पुष्टी गर्न पनि यो ठुलो अवसर हो । तर उनका सामु चुनौतिका पहाड पनि त्यतिकै छन । अहिले उनि ते श्रो दलका नेता मात्र हुन्, त्यसमाथी उनले आफ्ना सहयात्री दल र बिपक्षी दल सङ्ग सन्तुलन मिलाएर जानुपर्ने चुनौती पनि उत्तिकै छ ।

आन्तरिक र बाह्य सन्तुलन मिलाउनु पनि उनको अर्को चुनौती हो ।उनले असन्तुश्ट मधेशिका मुद्दालाई कसरी सम्बोधन गर्छन्, उनको सफलता त्यसमा पनि निर्भर गर्छ । त्यस्तै सङ्घियता र सम्बिधानको कार्यन्वयनका बिषय पनि उनका लागी चुनौती नै हुन । त्यसमाथि उनिसामु उपलब्ध समय पनि निकै कम छ । भूकम्पपिडितको उचित पुनर्स्थापना, गरीब र निमुखा जनताका निम्ती उनले केहि ठोस कार्यक्रम ल्याउन सके उनको उपलब्धी हुनेछ । दुइ बिशाल छिमेकी राष्ट्रहरुलाई सन्तुलनमा राखेर अघी बद्नुपर्छ र उनिहरुको सम्बृद्धिबाट केहि फाइदा लिन सक्नुपर्छ ।

उनले बिगतका गल्ती र अनुभव पनि पाठ सिक्नुपर्छ । बिगत जस्तो आफ्नै सरकारको मातहतमा रहेका सेना र सेनाप्रमुखलाई चिडाउन खोजे भने त्यो उनको मुर्खता हुनेछ । सेना, प्रहरि, कर्मचारी भनेका सरकारका अभिन्न अङ्ग हुन । उनले यिनिहरुलाई रिझाएर अघी बद्न सक्नुपर्छ ।

भनिन्छ चुनौतिका माझ अवसर खोज्दै सफलता हासिल गर्नु एक कुशल नेतृत्वको सुन्दरता हो । जो नेताले ति चुनौतिलाई छिचोल्दै अघी बद्छन र सफलता हासिल गर्छन ति नै महान कहलिन्छन । जनतालाई बिभिन्न सपना, आशा देखाएर शुरु गरेको जनयुद्धको आडमा मुल राजनितिमा उदाएका प्रचन्डका निम्ती यो दोश्रो कार्यकाल ति सपना पुरा गर्ने ठुलो अवसर हो ।

जनताले तत्काल र प्रतक्ष अनुभव गर्न सक्ने बिकास र परिवर्तन दिलाउन सके उनको कार्यकालको सफलता नै मान्नुपर्छ । लाखौ युवा बिदेसिन क्रम बद्दो छ । भूकम्पपिडित अझै पुनर्निर्मानको पर्खाइमा छन । देशमा भ्रश्ट्रचार्, कुरिति, अराजाकता ब्याप्त छ । यि सबैको उचित समाधान खोज्न सके प्रचन्ड सरकारको उपलब्धी नै मान्नुपर्छ ।

देशलाई आर्थिक समृधितर्फ दोहोर्याएर गरीब निमुखा जनताको जिवनस्थरमा केहि परिवर्तन ल्याउन सके उनले शुरु गरेको जन युद्धको पनि सार्थकता पुषटी हुने थियो । फेरी पनि पहिलाको जस्तै दम्भ र बोली र ब्यबहार बिच खाडल पैदा गरे यो उनकै निम्ती घातक हुनेछ ।

जनतालाई सपना बाद्दै हिडे र जनता र देशका निम्ती ठोस केहि गर्न नसके प्रचन्ड भन्ने पात्र इतिहासमा बिलाएर जानेछ र जन युद्धका नाममा भएका योगदान खेर जाने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here