पूर्वराजा ज्ञानेन्द्रको किताब हिमानी शाहद्वारा सार्वजनिक

0
34

पूर्वयुवराज्ञी हिमानी शाहले आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा  पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्।

उक्त पुस्तक प्रारम्भमा २ हजार प्रति छापिएको छ। सोमध्ये ट्रष्टले ५ सयप्रति बिक्री गर्ने जनाइएको छ। सो पुस्तकबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने ट्रष्टले जानकारी दिएको छ। राजा भइकन पूर्वराजा शाहले २०५८ देखि २०६२ सालसम्म जारी गरेका सन्देश, मिडियामा दिएका अन्तर्वार्ता उक्त संग्रहमा समावेश छन्।

हिमानी ट्रष्टले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here