कास्कीका एसपी कार्कीको ठाडो आदेशः ‘प्रहरी कार्यालयमा जाहेरी/उजुरी दिँदा टिकट पर्दैन भन्नू’

    0
    678

    सरकारी काम कहिले जाला घाम भनेझै सरकारी काम गर्दा अनेक झन्झट आइपर्छान् । सेवाग्राहीलाई अनेक दुख दिन्छन् ।

    तर जिल्ला प्रहरी कार्यालय कास्कीले आफू मातहतका सबै प्रहरी कार्यालयमा अब देखि कुनै पनि निवेदन बुझ्दा, उजुरी/जाहेरी लिँदा हुलाक टिकट आवश्यक नपर्ने गरी सूचना प्रदान गर्न परिपत्र गरेको छ ।

    कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले ठाडो आदेश दिँदै प्रहरीकहाँ पीडित पक्ष नै आउने भएकाले उनीहरुलाई दुःख हुने गरी हुलाक टिकट अनिवार्य नगर्न आदेश दिएका हुन् ।

    कानुनी सेवा दिने भनेर बसेकाहरुले निवेदन र जाहेरी लेखेको मनपरी रकम लिने गरेको गुनासो सेवाग्राहीले गरिरहेका छन् । त्यसैमाथि १० रुपैंयाको टिकट भएपनि टाँस्नै पर्ने बाध्यता बनाउँदा समय र पैसाको नाश हुने एसपी कार्कीले बताए । ‘हामीकहाँ आउने कोहि कोहि यति तिर्न सक्ने क्षमताका पनि हुँदैनन् । त्यसमाथि टिकट खोज्न भौतारिनुपर्ने ?’ एसपी कार्कीले भने ।

    प्रहरी संगठनमा स्वच्छ र क्षमतावान् अधिकृतका रुपमा छवि बनाएका कार्की कुशल र निडर उत्तिकै छन् । पोखरामा आएपछी उनको कामले प्रसंसा नै पाएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here