माछापुच्छ्रे बैंकको थप ४ नयाँ शाखा तथा १२ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ

    0
    148

    माछापुच्छ्रे बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ । बैंकले मिति २०७६ जेष्ठ २८ गते मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा मिति २०७६ जेष्ठ ३० गते बिहिबार झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड) र सोहि जिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको हो ।

    सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहताज्यू तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालज्यूले समुद्घाटन गनुभएको हो । त्यसैगरि झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ ज्यू तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल ज्यूले संयुक्तरुपमा उद्घाटन गर्नुभयो भने काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्य ज्यूले समुघाटन गर्नुभएको हो ।

    यसैगरि बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here