पोखरामा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलायो

0

पोखराको उत्तम चोकमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरी टोलीले गोली चलाएको छ।

डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको कास्की जिल्लाका प्रहरी प्रमुख उपरीक्षक दानबहादुर कार्कीले बताए । उनको खुट्टामा गोली लागेको छ।  उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको  जानकारी दिएको छ भने अन्य २ जना भाग्न सफल भएका छन् । बिशेष सुचनाका आधारमा छापा मारिएको हो ।

प्रहरीले उनीहरूबाट १५ सय थान लागुऔषध बरामद गरेको छ। फरार अभियुक्तको खोजी कार्य जारी रहेको जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here