चलचित्र समिक्षा गरेकै आधारमा पक्राउ !

0
179
pic - google

चलचित्र ‘वीर विक्रम २’ को समीक्षा गरेको आरोपमा २४ जेठमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका यूट्युबर प्रनेश गौतमलाई काठमाडौं जिल्ला अदालतले थप एक दिन हिरासतमा राख्न आदेश दिएको छ । उनलाई ‘विद्युतीय कारोबार ऐन उल्लंघन’ गरेको आरोप लगाइएको छ ।

गौतमले चलचित्र ‘वीर विक्रम २’ को ठट्यौली शैलीमा चलचित्रबारे आलोचनात्मक समीक्षा भिडियोमार्फत गरेका थिए । भिडियोले चलचित्रको व्यापार तथा कलाकार र आफ्नो साखमा असर परेको भन्दै निर्माता/निर्देशक मिलन चाम्सले प्रनेश विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।  त्यसैका आधारमा उनी पक्राउ परेका हुन् ।

चलचित्र समिक्षा गरेको आधारमा पक्राउ पर्नु बिल्कुल गलत हो । चलचित्र राम्रो बने अवस्य त्यसको प्रसंसा हुन्छ । समिक्षाले कसैको प्रतिष्ठामा आँच पुर्याए त्यस्ता ब्यक्तीलाई पहिला सचेत गर्न सकिन्थ्यो । अहिले त विद्युतीय कारोबार ऐन उल्लंघनको नाममा जसले उजुरी दिए पनि भएको छ । चलचित्रको समिक्षा जहाँ पनि हुन्छ तर यसरी ठट्याउली शैलीमा गरिएको समिक्षाको आधारमा पक्राउ गर्नु अलि ठिक होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here