पुल शिलान्यास गर्न जाँदा मन्त्रीको गाडी चुर्लुम्म

0
98

स्याङ्जा : पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं  दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित शहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा वा. २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसेका थिए । 

बर्षात्को समय । खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलमा डुबेको हो  खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे खाडी भन जेसिबीको प्रयोग गरी बाहिर निकालियो । 

यसैगरी, पुलको शिलन्यास गर्दै सोमबार मन्त्री महासेठले     निर्वाचनमा गरेका बाचा पूरा गर्न सरकार लागेको भन्दै एजेण्डालाई कसैले रोक्न नसक्ने दाबी गरे । 

अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउदै उनले स्याङ्जाको सेतीदोभान —घण्टे —पर्वत सडक र वालिङ् —बारिकुना—चापाकोट—रामपुर सडक सडक बजेटमा समेटिएको जानकारी दिए ।  

कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मी, प्रतिनिधि सभा डा.गणेशमान गुरुङ, मन्त्रालयका सचिब देवेन्द्र कार्की, गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्याल लगायतले जिल्लाको दिर्घकालीन विकासका लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिए । 
 
सडक डिभिजन कार्यालय पोखराबाट निर्माण हुनलागेको पुल अर्जुनचौपारी–३ हुदै आधीखोला गाउँपालिका–१ जोड्नेछ । ३ करोड ७ लाखको लागतमा निर्मित पुल  एक बर्ष ६ महिनामा सक्ने सर्तमा जिएसआर निर्माण सेवा पोखराले निर्माणको जिम्मा पाएको छ । पुल २० मिटर लामो, आरसिसी डबल लेन तथा ओपन फाउण्डेसनको हुनेछ । साभार – अन्नपूर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here