विप्लवका २२ कार्यकर्ता कास्कीमा पक्राउ

0
408

नेत्रविक्रम चन्द विप्लवका २२ नेता तथा कार्यकर्ता कास्कीको उत्तरी भूभागबाट पक्राउ परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा– ११ उरीस्थित आमा समूहको भवनमा बैठक बसिरहेका बेला उनीहरु पक्राउ परेको कास्कीका एसपी दानबहादुर कार्कीले बताए। पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, जिल्ला सदस्य परिवर्तन भनिने सन्तोष परियार तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष काजी गुरुङ, उपाध्यक्ष आस्था नेपाली लगायत छन्।उनीहरुलाई थप अनुसन्धान भैरहेको छ ।

प्रतिबन्धित भएपछी पछिलो समय उनीहरुको गतिबिधी बढेको छ । बास्तबमा बन्दुकको नालबाट शान्ती आउँदैन । देश बिकासमा अघी बढ्नुपर्ने बेलामा बिप्लबले रोजेको हिँसाको बाटो बिल्कुल गलत छ । राष्ट्रिय राजनीतिमा बुलन्द भएर आएका असंख्य आवाजले देशमा सहमति निर्माणको प्रयासलाई असम्भव बनायो।सामाजको उन्मुक्ती, उत्पिडन्, असमान्ता, गरीबिको अन्त्यका निम्ती जन युद्दमा होमिएका जनता अहिले झन निराशाजनक अवस्थाबाट गुज्रीरहेका छन ।उक्त जन युद र पछी भएको आन्दोलनले राजसस्थाको अन्त्य त गर्न सफ्ल भयो तर त्यसको बिकल्पमा स्थायी प्रजातन्त्रीक राज्यासत्ता निर्माण गर्न असफल भयो ।

आखिर गरीब र निमुखाको उन्मुक्तिका नाममा भएको १० बर्षे जन आन्दोलन केका लागी थियो त ? के त्यो प्रचन्ड र उनका पार्टिका नेतालाई पदमा पुर्याउनु मात्र थियो त ? त्यो त समय नै बताउला । देशमा ब्यबस्था त फेरिए तर अवस्था त उस्तै छ । देश राजतन्त्रबाट गणतन्त्रमा गयो । तर जनताको अवस्था त फेरिन सकेका छैनन । जुन उद्दस्य र सपनाका साथ लाखौ मानिसहरु जन युद्दमा होमिएका थिए, ति पुरा हुन अझ सकेका छैनन ।शोसित्, पिडित जनताको अवस्था झन दयनिय छ ।

अहिले भैरहेको आन्दोलनमा जसरि मानिस हरु लागिरहेका छन् यसको नतिजा पनि बिप्लबहरुलाई पदमा पुर्याउने नहोला भन्न सकिन्न । त्यसैले सबै सजग हुनुपर्छ । देशमा ब्याप्त भ्रष्ट्रचार कुरितिका निम्ती लड्ने हो भने त्यसका लागी शान्तिका अनेक माध्यम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here