अमेरिकी सेना र सशस्त्र प्रहरी बल, नेपालबिच प्राथमिक उपचारसम्बन्धी पहिलो आदानप्रदान सम्पन्न

0
41

अमेरिकी सेनाका सैनिक तथा सशस्त्र प्रहरी बल, नेपालका सदस्यहरूले पहिलो प्राथमिक उपचारकसम्बन्धी ज्ञान आदानप्रदानका लागि सहकार्य गरेका छन् । चैत २५ देखि २९ गतेसम्म सञ्‍चालित साताव्यापी विषयविद् आदानप्रदान युएस स्पेशल अपरेशन्स कमान्ड-प्यासिफिक र सशस्त्र प्रहरी बलबिचको नयाँ साझेदारीको सुरुआतमै आयोजित महत्त्वपूर्ण कार्यक्रम हो ।

उक्त हैसियतमा यी दुई निकायले काम गरेको यो प्रथम पटक हो । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा सञ्‍चालित आदानप्रदान कार्यक्रमले उपचार तथा विपद् प्रतिकार्यसम्बन्धी अनेक विषयवस्तु समेटेको थियो । लडाइँमा घाइतेको युक्तिपूर्ण हेरचाह, दुर्घटनाका घाइतेहरूको मूल्याङ्कन, च्यापिएर घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी नियम, विपद् दुर्घटनाको परिदृश्य, गम्भीर घाइते बिरामीहरूको उपचारको वर्गीकरण लगायतका विषयमा कार्यक्रममा ज्ञान आदानप्रदान गरिएको थियो । आआफ्नो बृहत् ज्ञान र प्रशिक्षण अनुभवको सदुपयोग गर्दै दुवै पक्षले एकार्काको विपद्सम्बन्धी पहिलो प्राथमिक उपचारक क्षमता सुधारका लागि उत्कृष्ट अभ्यास तथा विचार आदानप्रदान गरे ।

“अमेरिकी र नेपाली फौजले एकार्कालाई सिकाउने र एकार्काबाट सिक्न पाउने यस्ता कार्यक्रमहरू दुई देशबिचको बलियो साझेदारीका महत्त्वपूर्ण पक्ष हुन्,” अमेरिकी टोलीतर्फका नेतृत्वकर्ता क्‍याप्टेन जिहे लीले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here