बार्तामा आउ, अब देशले अर्को युद्द सहन सक्दैन(सम्पादकीय)

0
125

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र  शान्ति सुरक्षामथि नै खलल पुर्याउने काम गरेकाले प्रतिबन्ध लगाउनु परेकाले उक्त निर्णय गर्नुपरेको जानकारी दिइएको छ । वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् ।

बिप्लब समुहले बार्तामा नगएर भुल गरेको धेरैको ठम्याइ छ । दुबै पक्ष लचिलो भएर बार्ताको माध्यमबाट यसको समाधान खोज्नुपर्थ्यो ।अब देशले फेरी अर्को युद्द सहन सक्दैन । माओवादी जनयुद्दको बेला धेरैले ज्यान गुम्याए र यसले देशको बिकासमा पनि ठुलो क्षति पुर्यायो । अब सबै मिली बिकासमा अघी बढ्नुपर्ने बेलामा यसरि बिप्लव समुह बार्तामा न आउनु र उनीहरुमाथी प्रतिबन्ध नै लाउनुपर्ने अवस्था आउनु निकै दुर्भाज्ञपूर्ण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here