को हुन् विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी ?

0
68
इथियोपियन एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारी । तस्बिर : एकता अधिकारीको फेसबुकबाट

गोरखा : इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउने एकता अधिकारी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा हुन् । 

२८ वर्षीया अधिकारीका बुवाआमा काजी अधिकारी र आमा पार्वती मिरकोटबाट सरेर गोरखा नगरपालिका–१० छेपेटारमा बस्दै आएका थिए । उनीहरु अहिले काठमाडौंको बालाजुमा बस्दै आएका छन् । 

अधिकारीका कान्छा काका ध्रुव अधिकारीका अनुसार एकताका दुईजना दिदी अमेरिकामा छन् भने एक जना भाइ बालाजुस्थित घरमा छन् । एकताको मृत्युको खबर पाएपछि हाल अमेरिकामा दुई छोरीका साथमा रहेका आमा र बुवा नेपाल फर्कदै छन् ।

एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी हुन् । एकता बेलायतबाट एमएससी सकेर चार वर्ष अघि नेपाल फर्केकी थिइन् । 

२०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम(डब्लुएफपी) मा आवद्ध भएर नेपालमा काम गरेकी अधिकारी आठ महिना अघि इथोपियामा काम गर्न पुगेकी थिइन् । साभार – अन्नपूर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here