सीके राउतको ल्यान्डिङ(सम्पादकीय)

0
290

सीके राउत समग्र सुरक्षा चुनौती र विखण्डन खतराको एक सशक्त पात्र थिए ।  उनको गतिबिधीले भविष्यमा एक खालको चुनौती निम्त्याउन सक्नेमा सरकार सजग थियो र राउत पनि आफुले बोकेको एजेन्डाले मुर्तरुप लिन निकै कठिन छ भन्ने ठम्याइमा थिए जसको फलस्वरुप हिजोको सेफ ल्यान्डिङ सफल भएको हो ।

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले सरकारसँग शुक्रबार राजनीतिक सहमति गरेको छ । योसङ्गै राउतले मधेशलाई छुट्टै राष्ट्र बनाउने एजेण्डा त्यागेका छन्।  नेपालबाट मधेशलाई अलग्याएर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा करिब ९ वर्षदेखि डा. राउत सक्रिय थिए ।

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकास्थित नासामा कम्प्युटर वैज्ञानिकका रूपमा कार्यरत उनी ९ बर्ष अघी नेपाल आएर आफ्नो गतिबिधिको शुरुवात गरेका थिए ।जापान र बेलायतमा उच्च शिक्षा लिएका उनले भविष्यमा मधेशका युवालाई आफ्नो एजेण्डामा समाहित गरेर त्यसलाई थप बल दिन सक्ने सम्भावना भने थियो ।

सुरक्षा निकायको ठम्याइमा पनि देशको सुरक्षामा खलाल पार्न सक्नेमा उनको पार्टी अग्रै स्थानमा नै थियो । अझै पनि मधेसका जनतालाई राज्य र पहाड मुलका जनताले हेप्छन् भन्ने भावमा मत्थरता आउन सकेको छैन । यस्तो परिपेक्षमा राउतको एजेण्डाले पछी निकै सकस राज्यलाई पुर्याउन सक्थ्यो । राउतलाई मुलधारमा ल्याएर सरकारले एउटा सम्भाव्य खतरा त टालेको छ अब सरकारले बिप्लब लगायतका पार्टिको पनि सही निकास खोज्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here