देवकोटाः दैवका ती दुई कोटा

0

दैवले कोटा छुट्याई बनाएका रे
ती दुई महान् देवकोटाहरुलाई
एक महाकवि भई संसार हल्लाए
त एक डाक्टर बनी नसा नसा सिलाए
एकले नेपाली साहित्यलाई जीवन दिए
त अर्काले थुप्रै जीवनमा प्राण भरिदिए
महान् छन्् सदैव ती दुवै देवकोटा
अमर छन् दैवका यी दुई कोटा

मुनामदनका पिता र साहित्यका दाता
महाकविले नेपाललाई कैयौं गुन लगाए
न्युरोका डाक्टर दुःखी रोगीका सेवक
डाक्टरसाबले थुप्रै नसामा सास भरे
पागल भनी राँची पठाइयाथ्यो जसलाई
जोडेर शब्द शब्द महाकवि बनिदिए
बाह्र लाख बिरामीका पाउ छुने डाक्टरसाब
हजारौं ढुकढुकीलाई हात लगाएर जोगाए
एक देवकोटा अक्षर मिलाएर निदाए त
अर्का देवकोटा ढुकढुकी जोडेर अस्ताए
धन्य छौं हामी र हाम्रो नेपाल आमा
ती महान् सपुतलाई सदैव सलाम
अमर रहन्छन् सदैव तीनका ती गाथा
ती माथिका दैवका ती दुई अमर कोटा ।।

बसन्त ढुंगाना (यात्री)
पोकली, ओखलढुंगा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here