केहि बर्ष अघी एमबापेका हिरो थिए रोनाल्डो, आज आफै बने हिरो

0
3143

फ्रान्सका किलियान एमबापे १९ वर्षका मात्रै छन्। तर उनको उत्कृष्ट प्रदर्शनकै कारण फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

अहिले उनलाई दुई महारथी रोनाल्डो र मेस्सी बिश्वकपमा नरहेसङ्गै बिकल्पका रुपमा हेरिन थालिएको छ । रोचक त के भने सन् १९९८ मा फ्रान्सले विश्वकप फुटबलको उपाधि उचाल्दा एमबापे सन्सारमा जन्मिएका पनि थिएनन्।उनको शैली, गतिको सबैले तारिफ गरेका छन् । बिबिसी नेपाली अनुसार मबापेसँग तीव्र गतिमा दौड्ने क्षमता मात्रै होइन्। उत्कृष्ट कौशल, चाँडै सोच्न सक्ने क्षमता, दुईवटा चतुर पैतालाहरू, एउटा ठन्डा दिमाग, बहादुरी, विश्वास र गोल देख्न सक्ने सिपालु नजर छन्। उनको दुई गोल एकदमै आक्रामक र शक्तिशाली थिए।

केहि बर्ष पहिलेसम्म उनी पोर्चुगलका रोनाल्डोलाई आफ्नो हिरो मान्थे । उनको कोठामा पनि रोनाल्डोकै फोटो हुन्न्थे । तर आज केहि बर्षपछी उनी हिरो भएका छन् । उनका हिरो रोनाल्डो बिश्वकपबाट ‘आउट’ भैसकेका छन् भने उनी अझै आफ्नो जादू कायम गर्दैछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here