त्यो मृदुल हाँसो…

4

थुप्रै भयो क्यारे
देशले सुर्यलाई घुमिरहेको
शताब्दी अलिक बढि भयो क्यारे
मुलुकले नौलो स्वाद चाखेको
यो स्वाद त्यसै बनेको छैन
कैयौं सास र बास नगएको हैन
बल्ल आयो एक सुनौलो बिहानी
बनाएर कैयौं सपनालाई आँसुको सिरानी

फुटेका चुराका रास थिए
आँसुका भेलले बगाउन खोजेको
एउटा परिवर्तनको आश थियो
हजारौं लासले टेवा दिएको
हरेक मनमा केही त्रास थियो
आफ्नै सासले भर नदिएको
त्यो समय कसैलाई खास थियो
त कसैको खुशीमा मलमास छाएको
तर परिवर्तन त मडारिएरै आयो
देशले फेरी काँचुली फे¥यो
जीवित जीवनका सपना फैलिए
अस्ताएका आत्माका आँसु थपिए
मुलुकमा मुस्कान बढ्ने आसमा
कैयौं कुर्सीमा आफ्ना बसाईए
हरेक ओठमा हाँसो पु¥याउन
कैयौं बोलीमा ताली थपिए

तर नतिजा अलिक भिन्न भो
बुनेका सपना उद्रिँदै गए
हामी गर्छम् भन्दै छरेका वाचा
पलाउन नखोज्दै फाँडिदै गए
गाउँ गाउँ सुविधा सम्पन्न पार्ने
आश्वासनले खल्ती भरिँदै गए
सहारा खोसिएका बा आमा
हाँस्न नपाउँदै विलाएरै गए
एक्लै छाडिएका कोमल कोपिला
फक्रिन नपाउँदै झरेरै गए
विकास हेर्न तन्कीने ती आँखा
तन्किँदा तन्किँदै थाकेरै निदाए
बाँकी छन् त केबल ती नयन
जो सपनाको नेपाल पर्खिरहेछन्
जो सुन्दर जीवन कल्पिरहेछन्
छ त तीसँग केबल ती सपना
र साथमा छ त्यो एक फिक्का हाँसो
बस् त्यो एक फिक्का हाँसो ।।

बसन्त ढुंगाना (यात्री)
पोकली, ओखलढुंगा

,

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here