महेश पौड्याल समकालीन नेपाली साहित्यका सशक्त र क्रियाशील साहित्यकार हुन् । साहित्यका विभिन्न विधा तथा क्षेत्रमा उनको महत्वपूर्ण उपस्थिति रहेको देखिन्छ । कविता कथा, उपन्यास, समालोचना जस्ता विविध विधामा मात्र नभई अनुवाद साहित्य तथा बालसाहित्यमा पनि पौड्याल निकै सक्रिय देखिन्छन् । बहुमुखी प्रतिभा भएका युवा साहित्यकार पौड्याल विभिन्न साहित्यक सङ्घ संस्था तथा साहित्यिक पत्रपत्रिकाहरूमा समेत संलग्न रहेका छन् । यसरी हेर्दा उनको साहित्यिक यात्रा अत्यन्त गतिशील् र उर्बर देखिन्छ । यही गतिशील यात्राका क्रममा उनको पछिल्लो कृति ‘तादी किनारको गीत’ शीर्षकको औपन्यासिक कृति प्रकाशित भएको छ । किशोर उपन्यासका रूपमा लिइएको यो कृति यस क्षेत्रको महत्त्वपूर्ण कृति हो । नेपाली साहित्यमा बालसाहित्यका पुस्तकहरू लेखिने र प्रकाशित हुने क्रम बढ्दै गए पनि किशोर किशोरीहरूका लागि उपयुक्त हुने किशोर साहित्यका कृतिहरू अत्यन्त कम प्रकाशित भएको देखिन्छ । यसै सन्दर्भमा पौड्यालको प्रस्तुतऔपन्यासिक कृति किशोर किशोरीका लागि उपयोगी हुने किसिमले लेखिएको देखिन्छ । आख्यान विधामा पहिले देखि नै सक्रिय रहेका पौड्यालको प्रस्तुत कृति बालबालिका/किशोर किशोरीका लायिग मात्र नभई सम्पूर्ण पाठकहरूका लागि पनि पठनीय देखिन्छ । उपन्यासकारले प्रस्तुत कृतिलाई बालमनोविज्ञानको धरातलमा टेकाएर यथार्थ र जीवन्त बनाउने प्रयास गरेका छन् ।
२. ‘तादी किनारको गीत’ उपन्यासको वस्तुसन्दर्भ
प्रस्तुत उपन्यास स–साना बालबालिकाका लागि भन्दा पनि किशोरकिशोरीका लागि उपयुक्त उपन्यास हो । यसमा नदीको छेउछाउमा बस्ने माझी समुदायको जीवन सङ्घर्ष र उनीहरूको सांस्कृतिक पक्षलाई केन्द्र बनाइएको छ । यस उपन्यासमा माझी समुदायको दुई पुस्तको बाल्यकाल र तिनीहरू हुर्के बढेका दुइृ छुट्टा छुट्टै परिवेशको चित्रण गरिएको छ । सानो आयाम बोकेको यस आख्यान कृतिमा दुई पुस्ताकै जीवन सङ्घर्ष र अनुभूतिलाई व्यक्ति गरिएकाले उपन्यास सङ्क्षिप्त र सटीक बन्न पुगेको देखिन्छ । लम्बेतान वर्णन र विस्तारबाट यो उपन्यास मुक्त छ । उपन्यासमा वर्णन गरिएका दुई पुस्तामध्ये पहिलो पुस्ता लुखुम र दुखिनी हुन् । उनीहरूले काभ्रेको दोलालघाट आसपासको सुनकोशी नदी किनारमा बाल्यकाल बिताएका छन् भने दोस्रो पुस्तामा विकवा र मालश्रीको बाल्य अवस्थाको चित्रण गरिएको छ । लुखुमको बाल्यकाल सुनकोशी नदी किनारमा र विकवाको बाल्यकाल तादी नदीको किनारमा बितोका छ । एक्काइसौँ शताब्दीको विश्वमा जीवन बाँचिरहेका माझी समुदायका यी दुई पुस्ता राज्यको पहुँच र विकासका सुविधाबाट कोसौँ टाढा रहेका छन् भने शिक्षा, चेतनाको उज्यालोबाट वञ्चित भएका यिनीहरू यस उपन्यासमा सीमान्तीकृत वर्गका रूपमा उपस्थित भएका छन् । आधुनिक विकास र विभिन्न यान्त्रिक संसाधनहरूको सुविधाले माझी समुदायको मौलिक पेसा र उनीहरूको स्वतन्त्र जीवनमाथि असर पर्न गएको यथार्थलाई यस उपन्यासमा देखाइएको छ । यसरी आफ्नो जातीय पहिचान तथा संस्कृतिमाथि अन्याय र अत्याचार हुँदा पनि चुपचाप सहनु र विस्थापित भएर यताउति भौतारिँदै हिँड्ने नियति भोगेका माझीको यथार्थलाई देखाउनु नै यस उपन्यासको मुख्य उद्देश्य रहेको देखिन्द्यछ । सीमान्ती कृतहरू आँफै बौलन सक्दैनन् भनेझै यस उपयन्साका पात्रहरू पनि आवाजविहीन बनेका देखिन्छन् । यस उपन्यासका पात्रहरू लुखुम र दुखिनीको जीवन दुःख र अभिश्चिततामा नै बितेको छ । सुनकोशी नदीमा मोटरडुङ्गा चल्न थालेपछि र त्यहाँको स्थानीय गुण्डाले दुःख दिन थालेपछि दोलालघाट छाडेर नुवाकोटको तादी किनारमा गएको लुखुमको परिवारले त्यहाँ पनि ढुक्क भएर जीवन बिताउन पाएका छैनन् । काठमाडौँको धरहरा हेर्ने चाहनालाई नै जीवनको एउटैमात्र सपना बनाएकी दुखिनीको त्यो चाहनासमेत पूरा हुन सकेको छैन । आफ्नी बालसखी मालश्रीलाई सधैँका लागि आफ्नै साथी बनाउन चाहने विकवाको कलिलो चाहना पनि पूरा हुन सकेको छैन । यसरी प्रस्तुत उपन्यासमा गरिब र सीमान्तीकृत माझी समुदायका बालबालिका, तिनीहरू हुर्कने परिवेश, संस्कार र तिनीहरूका विवश परिस्थितिलाई देखाएर गरिब र कमजोरहरूका सपना कहिल्यै पुरा हुन सक्दैनन् भन्ने यथार्थलाई यस कृतिमा देखाइएको छ । यस उपन्यासमा उपस्थित लुखुम, दुखिनी, विकवा र मालश्री लगायतका अन्य माझी समुदायका कुनै पनि व्यक्तिले सोचेको, चाहेको अनि आँटेको कुनै पनि कुरा सफल र सार्थक भएको देखिएको छैन । यो नै नेपाली समाजको यथार्थ हो र यही यथार्थलाई आख्यानकार पौड्यालले निकै रोचक ढङ्गमा प्रस्तुत गरेका छन् ।
३. ‘तादी किनारको गीत’ उपन्यासमा सीमान्तीकृत वर्गको चित्रण
प्रस्तुत उपन्यास नोपलको अल्पसङ्ख्यक जाति मध्येको माझी समुदायमा केन्द्रित छ । उपन्यासको आदिदेखि अन्त्यसम्म अन्य कुनै जात र वर्गका मानिसको उपस्थिति रहेको देखिँदैन । सत्ता र शक्तिको पहुँच भन्दा धेरै टाढा रहेका अर्थात् किनारामा पारिएका अल्पसङ्ख्यक समुदाय नै सीमान्तीकृत गर्न हुन् । यस्ता किनारीकृत÷सीमान्तीकृत वर्ग केन्द्रका अगाडि शक्तिहीन, अधिकारीहीन र इतिहासविहीन हुन्छन् । यस उपन्यासमाप नि अल्पसङ्ख्यक र कमजोर देखिएका माझी समुदायलाई कथानकको विषय बनाइएको छ । यस उपन्यासमा उपस्थित लुखुम र दुखिनी सीमान्तीकृत पात्र हुन् । उनीहरू राज्यको पहुँचबाट धेरै टाढा छन् । स्थानीय प्रभुत्वशाली वर्गबाट शोषित र पीडित छन् । यस कथाका पात्रहरू आर्थिक रूपमा जातिगत रूपमा पछाडि परेकै कारणले सीमान्तीकृत भएका हुन् । लुखुमको एकमात्र आयस्रोत नदीमा चलाउने ढुङ्गा र माछाबाट आएको थोरै आम्दानी हो । त्यही पनि मोटरबाटो चल्ने मोटर ढुङ्गा आउपछि उसको ढुङ्गा चलाउने पेसा विस्थापित भएको छ । माछा मारेर बेच्न खोज्दा पनि गाउँको गुण्डाले धम्क्याएर लैजानेगरेको घटनाबाट लुखुमको दमित र कमजोर जीवन चित्रित भएको छ । लुखुम र दुखिनी जस्ता माझी समुदायका मानिसहरू आफूमाथि भएको अन्यायप्रति बोल्न सक्दैनन् । आफ्नो हक र अधिकारका लागि आवाज उठाउन सक्दैनन् बरु आफूले नदी दोलालघाटबाट विस्थापित भएर यत्रतत्र छरिएर बसेका माझीहरूको सीमान्तीकृत अवस्थानलाई यस उपन्यासमा प्रभावकारी रूपमा चित्रण गरिएको छ । उपन्यासमा आएका केही सन्दर्भहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गरेर यस उपन्यासलाई सीमान्तीकृत दृष्टिकोणबाट विश्लेषण गर्नु उपयुक्त देखिन्छ । यस प्रकारका साक्ष्यहरूलाई ताल देखाइन्छ ।
साक्ष्यहरूः
१. नुवाकोट बसाइँ सर्नु अघि सुनकोशी र इन्द्रावतीका छालहरूबाट माछा मारेर लखुमको परिवारले गुजारा चलाई रहेको थियो । उनीहरूको भाग्य भनेकै यिनै दुई नदीहरू थिए । उनीहरू जातैले माझी । त्यसैले लखुमको परिवार धान्ने उपाय भनेको नाउ खियाउनु र माछा मार्नु थियो । पृ. १५ ।
२. लुखुम र दुखिनीलाई सहरमा मान्टेहरू आफ्ना छोराछोरीका लागि कस्तो सपना देख्छन् भन्ने थाहै थिएन । हदै भए उनीहरू सोच्थे, बच्चाहरू अङ्ग्रेजी बोल्छन् अनि कुइरेहरूको देशमा जान्छन् । …दुखिनीलाई लाग्थ्यो सबभन्दा भाग्गेमानी बच्चा त काठमाडौंका हुन् जो सधै धरहरालाई देख्छन् र कोही कोही त गएर हातैले हुन्छन् पनि । पृ. ५२ ।
३. लखुम माझी, उसकी श्रमिती दुखिनी र एक्लो छोरो बिकवा एउटा सानो झुपडीमा बस्थे, नुवकोटको सेरा गाउँमा । उनीहरूको घर तादी नदीको किनारमा थियो । खरले छाएको छानो । लुखुम र उसको छिमेकी तिल्के माझीले त्यो खर माथि दाङ्मैबाट बडो दुःखले बोकेर ल्याएका । तिल्केसँगै अलि कति पराल मागेर, मसिनो काटेर मुटेको कमेरो माटाचे मिसाएर टालेको थियो लखुमले घरका कित्ताहरू । पृ. ११ ।
४. हुन त उनीहरू जातैले मछुवारा । छेउमा नदी वा ताल नभई बस्नै नसक्ने जात तर बास पनि त महत्वपूर्ण हो । लखुमलाई लाग्यो यहाँको बास पनि दिगो हुँदैन । पृ. ७३ ।
माथि प्रस्तुत गरिएका साक्ष्यहरूले यस उपन्यासका पात्रहरू सीमान्तीकृत वर्गका भएको पुष्टि गर्दछ । यस उपन्यासमा जातिगत रूपमा र वर्गगत रूपमा दुवै पक्षबाट पात्रहरू सीमान्तीकृत बनेको देखिन्छ । माथि प्रस्तुत गरिएको साक्ष्य एकमा उपन्यासको मुख्य पात्र लुखुमको आर्थिक पक्षलाई देखाइएको छ । सुनकोसी र इन्द्रावती नदीको किनारमा बस्ने अरु माझी परिवारको जस्तै लुखुमको पनि आय आर्जनको मुख्य सेत भनेको माछा मार्ने र नाउ खियाउनु थियो । त्यसबाट जे जति प्राप्त हुन्थ्यो । त्यतिमा नै उसले सन्तोष गथ्र्याे । एक दिन त्यही ठाउँ र त्यही स्रोतबाट वञ्चित हुनुपर्दा बस्दै आएको दोलालघाट छोडेर नुवाकोट सर्नुपर्ने बाध्यतालाई देखाइएको छ । यसरी लुखुमजस्ता किनारामा परेको समुदायहरू आफ्नो अनिश्चित भविष्य र पाएको दुखलाई भाग्य सम्झन्छन् र आवाजविहीन भएर दुईछाकका लागि सङ्घर्ष गरिरहन्छन् भन्ने कुरालाई यस साक्ष्यमा देखाइएको छ भने साक्ष्य दुईमा लुखुम र दुखिनीको अज्ञानता र चेतनाविहीन मानसिकतालाई चित्रण गरिएको छ । सबैभन्दा निम्नस्तरको जीवन बिताइरहेका यी पात्रलाई शहरका मान्टेले कस्ता सपना देख्दा होलान्, के सोच्दाहोलान् अनि आफ्ना बालबालिकालाई के बनोस् भन्ने चाहना राख्दा होलान् भन्ने सम्म चेतना र ज्ञान नभएको स्थितिको चित्रण गरिएको छ । जीवनको एक मात्र लक्ष्य÷सपना नै धरहरा हेर्नुलाई बनाएकी दुखिनीले धरहराको वरिपरि खेल्न पाउने, धरहरालाई सधैँ हेर्न र कहिलेकाहीँ छुन पाउने भएकाले त्यहाँका केटाकेटीलाई भाग्यमानी सम्झेकी छ । रोमाञ्चित भएकी छ । उपन्यासको यस प्रसङ्गले केन्द्र र किनारका विचकति ठूलो दुरी रहेछ भन्ने कुरालाई स्पष्ट पारेको छ ।
माथि प्रस्तुत गरिएको साक्ष्य तिनले लुखुमको परिश्रम र उसको घरगगृहस्थीलाई चित्रण गरेको छ । किनारीकृत वर्गको केही कुरा पनि स्थायी हुँदैन र निश्चित हुँदैन । उनीहरू परिश्रमी, मिहिनेती त हुन्छन् तर त्यो परिश्रम र मिहिनेतको कुनै अर्थ हुँदैन भन्ने कुरा यस साक्ष्यले प्रस्तुत गरेको छ । दोलालघाटको आफ्नो पुरानो घर त्यसै छाडेर नुवाकोटको सेरामा बसाइ सरेको लुखुमले बडो दुःख र परिश्रमले खरले छाएको घर÷झुपडी बनाएको हुन्छ तर त्यसमा दुई वर्ष बस्न नपाउँदै उसनले छोड्नुपर्दछ । यसरी जीवनका सबै यामहरू दुःख र परिश्रममानै बिताए पनि जीवनमा कुनै उपलब्धि नपाएको लुखुमको यो यथार्थ सम्पूर्ण सीमान्तीकृतको यथार्थ हो भन्ने कुरा यसबाट पुष्टि हुन्छ । यसैगरी साक्ष्य चारमा पनि लुखुमको अनिश्चित भविष्य र उसको आर्थिक दुर्गतिलाई नै देखाइएको छ । जातिगत रूपमा पनि नदी खोलाको किनार खोज्दै हिड्ने यी जाति÷पात्रहरू राज्यको सुविधा, सेवा र राज्यप्रदत्त अधिकारबाट पूर्ण रूपमा वञ्चित छन् भन्ने यथार्थलाई यी साक्ष्यले प्रस्ट पारेका छन् ।
४. बालमनोविज्ञान र समाजमनोविज्ञानको अन्तरघुलन
तादी किनारको गीत’ शीर्षकको प्रस्तुत आख्यान कृतिमा बालमनोविज्ञान भित्र नै समाज मनोविज्ञान अन्तर्घुलित भएर आएको देखिन्छ । यस उपयन्समा बाबु र छोरा गर िदुइृ पुस्ताको बाल्यपन र किशोरपनको चित्रण गरिएको छ । यी दुवैपुस्ताका बालबालिकाका मनमा आउने कुरा र उब्जने तर्कहरूका साथै उनीहरूका सोचाइ, सपना र उद्देश्यहरू पुरै समाज सापेक्ष छाउनीहरू आफ्नो मनसँग भन्दा बढी समाजसँग जोडिएका छन् । समाज अर्थात् माझी समुदायका रीति, रिवाज, परम्परा, मान्यताभन्दा बाहिर गएर यस उपन्यासका पात्रहरूले कहिल्यै सोचेका छैनन् र सोच्न पनि सक्दैनन् । विकवा र मालश्रीजस्ता बाल पात्रहरूको मनोविज्ञान माझी समुदायको रीतिथिति, चालचलन परम्परा आदिबाट नै निर्मित र विकसित भएको हुँदा उनीहरूको वैयक्तिक सोचाई वा निजी भाव यस उपन्यासमा व्यक्त भएको पाइदैन । त्यसैले उपन्यासका बालपात्रहरूमा वैयक्तिक मनोविज्ञान भन्दा समाज मनोविज्ञान हावी भएको देखिन्छ ।
प्रस्तुत उपन्यासका बालबालिकामा समाजमनोविज्ञानको गहिरो प्रभाव त परेको छ नै झन् यसमा पनि सबैभन्दा प्रवल रूपमा प्रभाव परेको पक्ष चाहिँ लैङ्गिक चेतना हो । माझी समुदायका ती बालबालिकाले आफूहरूलाई एक मानवका रूपमा चिन्नु, बुझ्नु र जान्ुन अगाडि नै स्वास्नी मान्छे र लोग्नेमान्छेका रूपमा चिनिसकेका हुन्छन् र आफ्ना सोचाइ कल्पना र सपनालाई पनि त्यसैअनुरूप ढालिसकेका हुन्छन् । यस उपन्यासमा उपस्थित विकवा र मालश्रीका संवाद, क्रियाकलाप र उनीहरूको जीवनको लक्ष्य पनि वैयक्तिक नभई समाजपरक छ र सामाजिक मनोविज्ञानमा आधारित छ । उपन्यासमा प्रयुक्त बालपात्रका संवाद र क्रियाकलापले यस कुराको पुष्टि गर्ने भएकाले उपन्यासका तत्सम्बन्धी अंश÷वाक्यलाई साक्ष्यका रूपमा प्रस्तुत गरी विश्लेषण गर्न उपयुक्त देखिन्छ । त्यस्ता साक्ष्यहरू यसप्रकार छन्ः
१. “तर रानी त रुँदैनन् नि । छोरी पो रुन्छन् । म पनि छोरी भएर घरमा रुन्छु त बेला बेला । म तिम्री छोरी हुन्छु है ?” पृ. ७७ ।
२. बिकवाले माछो ल्याउने वाचा ग¥यो । चोरेर वा अरुले मारेको ल्याउन नपाइने, आफैंले मार्नुपर्ने शर्त राखी मालश्रीले । पृ. ८०
३. मालश्रीले उसलाई भनेकी थिई, ऊ बेहुलो हो र बेहुलाले माछो ल्याउनै पर्छ । पृ. ८४ ।
४. विकवाले ढुङ्गा थुपारिहँछ । मालश्री भने उसलाई खाजा पानी दिने गर्थी । उसले उसका बुबाले खेतमा काम गर्दा आमाले खाजा पानी दिएको देखेकी थिई । उसले विकवालाई रुवाउने खाजा भनेको नदी किनारका बयरका होचाहोचा रुखमा फलेका काँचा बयर र धाराको पानी थियो । पृ.८८ ।
५. भ्वाक्कै भत्कियो किनार र गर्लम्मै लड्यो धुपी, नदीमा । मालश्रीले ठूलो स्वरमा भनिन्, “बिकवा धुपी लड्यो । अब हाम्रो बिहे हुँदैन । तिमीले बचाउन सकेनौ ।” पृ. ९०
माथि प्रस्तुत गरिएका उद्धाहरणहरू यस उपन्यासका बालपात्र विकवा र मालश्रकिो हो । माथ दिइएका साक्ष्यहरूमध्ये देखेको, सिकेको र जानेको कुरा छोरीमान्छे रुन्छन् भन्ने हो । खासगरी विवाह गरेर दुलाहाको घरमा जाँदा छोरीमान्छे भन्ने सामाजिक मनोविज्ञानलाई नै यस उपन्यासकी सातवर्षे, पात्र मालश्रीले अभिव्यक्त गरेकी छ । उसले व्यक्त गरेको यस अभिव्यक्तिले छोरा मान्छे रुँदैनन् वा रुनुहुँदैन तर छोरीमान्छे भने बेलाबेलामा रुन्छन्, त्यसैले म पनि रुन्छु भन्ने हो । यस साक्ष्यमा प्रस्तुत गरिएको भनाइले मालश्रीको वैयक्तिक मनोविज्ञानलाई भन्दा पनि सामाजिक मनोविज्ञानलाई प्रस्तुत गरेको छ । यसैगरी दोस्रो साक्ष्यमा विकवा र मालश्रीको संवादमा आएको माझी समुदायको सांस्कृति अनुसार बेहुलाले जति ठूलाने माछो मार्न सक्छ त्यति नै ऊ योग्य वर कहलिने हुँदा यही संस्कृतिलाई परम्परालाई नै सिको गरेर मालश्रीले प्रस्ताव राखेकी छे भने त्यो प्रस्तावलाई विकवाले स्वीकार गरेको छ । यसले मानिसभित्रको सामुहक अवचेतना रआदिम प्रवृत्तिलाई पनि देखाएको छ ।
यसै गरी साक्ष्य तिनमा सामाजिक र परम्परित रूपमा विकसित हुँदै आएको लैङ्गिक सोच प्रतिबिम्बित भएको छ । यसमा भनिएको ऊ बेहुलो हो ले ऊ पुरुष जाति हो भन्ने अभिप्राय व्यक्त गरेको छ । पुरुषजातिले जतसिुकै गारो, अप्ठ्यारो र चुनौतीपूर्ण भए पनि काम फत्ते गर्नै पर्छ भन्ने समाजमनोविज्ञानलाई यस उपन्यासका बालपात्रहरूले आफ्ना अभिव्यक्तिमार्फत प्रकट गरेका छन् भने साक्ष्यचारमा उपन्यासका बालपात्र मालश्री र विकवाको गतिविधि र क्रियाकलापको चित्रण गरी समाजमा व्इाप्त रहेको लैङ्गिक मनोविज्ञानलाई देखाइएको छ । विकवाले धुपीको रुख मुन्तिर ढुङ्गा थुपारि रहँदा मालश्रीले त्यो काममा विकवालाई सघाएकी छैन बरु काँचा बयर र पानी ल्याएर खान दिएकी छे । यो उनीहरूको मनमा गहिरोसँग प्रभाव जमाएको समाज मनोविज्ञानकै परिणति हो । विकवाले ढुङ्गा ओसार्दा म पनि ओसार्छु या सँगै मिलेर गरौँ भन्ने भाव न त मालश्रीमा आएके छ न त विकवाले नै सम्झाएको छ । यहाँ पुरुषले गर्ने नारीले गर्ने कामको बाँडफाड जसरी समाजले गरेको त्यसैगरी ती बालपात्रले पनि गरेका छन् । माथि दिइएको साक्ष्यहरूमध्ये साक्ष्य पाँचमा पनि यस्तै किसिमको अभिव्यक्ति पाइन्छ । आफ्नो बिहे गर्ने ठाउँका रूपमा चुनिएको धुपीको रुखलाई नदीले कटान गरेर बगाए पछि मालश्रलिे विकवालाई अब हाम्रो बिहे हुँदैन, तिमीले धुपीलाई बचाउन सकेनौं भनेर विकवाको मर्दाङ्गिनी माथि धावा बोलेकी छे । यो बोली सानी बालिका मालश्रीको होइन समाजको बोली हो । यस वाक्इमा मालश्रीले हामीले बचाउन सकेनौँ नभनेर तिमील्े बचाउन सकेनौ भन्ने भाव अभिव्यक्त भएको छ । यसले नारीलाई पराश्रित देखाउँछ भने पुरुषलाई दवावको स्थिति सृजना गराउँछ जुन माझी समुदायको मात्र नभई अन्य समुदायको पनि सामाजिक मनोविज्ञान हो । यसका अलावा यस उपन्यासमा माझी समुदायका नारीले अक्षर नचिन्नु, ठूलाठूला काम लोग्नेमान्छेले नै गर्नुपर्छ भन्ने ठान्नु, पुरुषहरूको निर्भरमा बाँच्नु, पुरुषले नै सबैकुराको निर्णय गर्नु, नारीलाई पाल्नुपर्ने सिजम्मा लिनुजस्ता सामाजिक गतिविधिको प्रत्यक्ष प्रभाव यस उपन्यासका बालपात्रमा देखिएको छ।
५. निष्कर्ष
साहित्यकार महेश पौड्यालको प्रस्तुत औपन्यासिक कृति माझी समुदाय र त्यहाँका बालबालिकामा लक्षित उपन्यास हो । उपन्यासको कथावस्तुले ओगटेको समय लामो देखिए पनि त्यसको विस्तृत चित्रण उपन्यासमा गरिएको छैन । सटीक तथा सङ्क्षिप्त रूपमा लेखिएको यस उपन्यासले मूल दुई ओटा पषलाई उजागर गर्ने उद्देश्य लिएको देखिन्छ । यसमध्ये पहिलो माझी समुदायको सांस्कृतिक तथा सामािजक बिम्ब र दोस्रो बाल तथा किशोर मनोविज्ञानको प्रसतुति रहेका छन् । यी दुवै पक्षमा उपन्यासले मिहिन तथा गहन प्रस्तुति दिन नसके पनि यस क्षेत्रमा भएको यो पहिलो कार्य र विषयको प्रस्तुतिको सुरुवातले उपन्यास महत्वपूर्ण बनेको छ । बालपात्रका माध्यमबाट नै भए पनि उपन्यासले परम्परित मान्यतालाई निरन्तरता दिएको देखिन्ख्छ । किनारामा रहेका पात्रहरूको सजीव चित्रण गर्न यस उपन्यासको महत्त्वपूर्ण विशेषता हो ।
सन्दर्भसूची
अधिकारी, ज्ञानु. प्रायोगिक समालोचनाः केही प्रतिरूप. काठमाडौं : भुँडीपुराण प्रकाशन, २०६७ ।
क्षितिज, महेश. व्यावहारिक समालोचनाका केही आयाम. काठमाडौंः दीक्षन्त प्रकाशन, २०७१ ।
पौड्याल, महेश. तादी किनारको गीत. काठमाडौंः बुक आर्ट नेपाल, २०७२ ।
सुवेदी, राजेन्द्र र गौतम लक्ष्मण प्रसाद (सम्पा.). ‘रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड). काठमाडौंः रत्नपुस्तक भण्डार, २०६८ । ज्ञानु अधिकारी समालोचकमा ।
Many readers are flocking to the Mero Tribune for a broad range of views by the world’s foremost thinkers and leaders. Recently, Maneka Gandhi, Former Women and Child Development Minister of India and Member of Parliament from Bharatiya Janata Party, Dr. Poonam Khetrapal Singh, WHO Regional Director for Southeast Asia, Advaita Kala, Indian Author, and Screenwriter of the romantic movie ‘Anjaana Anjaani’ and the thriller ‘Kahaani’, and Leela Mani Paudyal, former Ambassador of Nepal to China have written exclusively for us.
The Tribune is committed to publishing a diversity of opinions. We’d like to hear from you. Send your articles to our email: merotribune@gmail.com.
Follow the Mero Tribune on Facebook.