भारतीय प्रो कबड्डीमा नेपालका सञ्जय, तर उनको चर्चा किन कम !

0
तस्बिर - एजेन्सी

नेपाली खेलाडी सञ्जय श्रेष्ठले भारतको व्यावसायिक कबड्डी लिगको  अर्को सिजनमा खेल्ने मौका पाएका छन् ।

सञ्जय पुनेरी पल्टनबाट छानिएका हुन् । सञ्जयलाई अक्सनमा पुनेरी पल्टनले न्युनतम रकम ८ लाख भारतीय रुपैयाँमा किनेको हो । सञ्जय पहिलो संस्करणदेखि नै यस लिगमा सामेल छन् ।

उनी पहिलेदेखी नै यसमा सामेल भए पनि उनको नाम भने तुलनात्मक रुपमा कम सुनिन्छ ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को ११औं संस्करणमा दिल्ली डेयर डेभिल्सबाट नेपाली खेलाडी सन्दीप लामिछानेले मौका पाए र उनले उत्कृष्ट  प्रदर्शण गरे र उनी एकाएक हिट भए । सायद आइपिएल र कबड्डीको खेलको क्रेजमा भएको अन्तरले पनि होला । तर  सञ्जयले पनि नेपालको प्रतीनिधित्व गरेर खेलेका छन् र देशको नाम राखेका छन् । उनको कदमको पनि तारिफ हुनु जरूरी छ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here