काठमाडौँ, १७ जेठ (रासस) – युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ ।
युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभयो ।
मन्त्री सुनुवारले तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको जानकारी दिनुभयो ।
एसियाली खेलकुूद प्रतियोगितामा सहभागी हुने खेल संख्या र खेलाडीको संख्या निर्धारणका लागि मन्त्रालयबाट गठित कार्यदलले कार्य सम्पन्न गरेको भन्दै मन्त्री सुनुवारले स्वर्णपदक विजेतालाई मासिक रु पाँच हजार तथा ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजार सम्मान भत्तास्वरुप प्रदान गर्ने बताउनुभयो ।
उहाँले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने भनाइ व्यक्त गर्नुभयो ।
त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आगामी १० महिनाभित्र दशरथ रंगशाला एवं पोखरा रंगशालाको निर्माणकार्य सम्पन गरिने भन्दै सोही महिनाभित्र नेपालमा नै आयोजना हुने तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिताको सबै तयारी पूरा गर्ने बताउनुभयो ।
उहाँले आगामी तीन वर्षभित्र ५० हजार क्षमता भएको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण कार्यलाई अगाडि बनाउने योजना भएको बताउनुभयो । मन्त्रालयले सय दिनभित्र विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, अखिल नेपाल फुटबल संघको निर्वाचन सम्पनलगायतको कार्यक्रम सम्पन्न गरेको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाह्रवर्षे खेलकूद गुरुयोजनाको मस्यौदा तयार भएको, खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना प्रशिक्षकलाई परिचालन गरिएको, नेपाल खेलकूद विज्ञान प्रतिष्ठानबाट स्पोर्टस युनिभर्सिटी स्थापनाको अवधारणापत्र तयार भइरहेको छ ।
त्यस्तै कार्यक्रममा युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना तर्जुमा भएको, ७२ जिल्लामा १४६ वटा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्ताव स्वीकृत भई सम्बन्धित जिल्ला युवा समितिको कार्यालयमा सम्झौताको लागि पठाइएको, राष्ट्रिय अपांगता भएका व्यक्तिसँग कोषको सम्झौता भई १८७ जना अपांगता भएका युवालाई सहयोग सामग्री वितरण गरिएकोलगायतको कार्यक्रम गरिएको जानकारी दिइयो ।
Many readers are flocking to the Mero Tribune for a broad range of views by the world’s foremost thinkers and leaders. Recently, Maneka Gandhi, Former Women and Child Development Minister of India and Member of Parliament from Bharatiya Janata Party, Dr. Poonam Khetrapal Singh, WHO Regional Director for Southeast Asia, Advaita Kala, Indian Author, and Screenwriter of the romantic movie ‘Anjaana Anjaani’ and the thriller ‘Kahaani’, and Leela Mani Paudyal, former Ambassador of Nepal to China have written exclusively for us.
The Tribune is committed to publishing a diversity of opinions. We’d like to hear from you. Send your articles to our email: merotribune@gmail.com.
Follow the Mero Tribune on Facebook.