विश्व ११ मा सन्दीप लामिछाने पर्न सफल, के हो विश्व ११ ?

0
981

वेस्ट इन्डिजसँग हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीमा पर्न सफल भएका छन् ।

यो खेल  जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुनेछ ।  बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिप छानिएका हुन् ।

उनको टोलीको कप्तानी  इयान मोर्गानले गर्नेछन् । । टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।  आँधीले क्यारेबियन राष्ट्रहरूमा क्षति भएका रंगशालाको पुनर्निर्माणका लागि सहयोग  जुटाउन खेल आयोजना गर्न लागिएको हो । यही खेलका लागी उनी ११ खेलाडीमा परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here