यसकारण भयो रद्द उत्तर कोरिया र दक्षिणको उच्चस्तरीय वार्ता, यसले के सङ्केत गर्ला

0
220

उत्तर कोरियाले बुधबारका लागि तोकिएको दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति रुष्ट हुँदै उत्तर कोरियाले वार्ता रद्द गरेको हो ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार जुन  १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा हुने भनिएको बार्ता पनि अनिस्चित बनेको छ ।

केसिएनएका अनुसार उत्तरले ‘आक्रमणका लाागि एक अभ्यास’ भएको टिप्पणी गरेको छ। सन् १९५३ मा भएको युद्धविरामलाई औपचारिक रुपमा यसै वर्ष शान्ति सन्धिको रुपमा बदल्ने तयारीमा दुई देश थिए तर अहिले जसरी बार्ता रद्द भयो यसले अवस्य नै भबिष्यमा शान्तिको त्यो आशामा तुषरापात हुने हो कि भन्ने डर पैदा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here