अस्ताए नेपालका म्याराडोना

0
234

काठमाडौँ, ३१ वैशाख (रासस) – नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना हुनुभएका शाहको आज उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले राससलाई जानकारी दिनुभयो । “उहाँ अस्पताल आउँदा लिभर फेल भइसकेको थियो” मैनालीले भन्नुभयो,
“जनरल इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार शुरु ग¥याँै, त्यसमा पनि उहाँको अवस्थामा सुधार भएन, आज बिहानदेखि भेन्टिलेरमा राखेर उपचार गर्दै थियौँ, साँझ निधन भयो ।”

अहिले अस्पतालमा खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र परिवारका सदस्यको बाक्लो उपस्थित रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here