यातायात ब्यवसायीको घुर्की र सरकारको मुड्की , कुन बलियो ?

0
631

सरकारले यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । यसले गर्दा सिन्डिकेटको हाउगुजी चलाईरहेका ब्यबसायीहरुलाई ठुलो धक्का पुगेको छ ।

यातायात सिन्डिकेट कानुनी रूपमा समाप्त भएको  २५ वर्षपछि सरकारले कानुनको कार्यान्वयन थालेको छ । यो बोल्ड निर्णयले देशभरका ३ सय ७ वटा शक्तिशाली यातायात समितिको सिन्डिकेट तोडिनेछ ।

गैरसरकारी संस्था (एनजिओ)का रूपमा जिल्ला प्रशासनमा दर्ता गरेर यातायात समितिले देशभर सिन्डिकेटको नाममा मनोमानी राज गरिरहेको थियो ।  संस्था दर्ता ऐन–२०३४ अन्तर्गत ०५१ देखि दर्ता भइरहेको थियो । यसको लागी बास्तबमा सरकारलाई धन्यबाद दिनैपर्छ । सिन्डिकेटबाट जनताहरु निकै आक्रान्त थिए ।

उता भने सरकारको यो निर्णयको बिरोधमा यातायात ब्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले अनिस्चितकालिन बन्दको घोषणा गरेका छन् भने गाडी थन्क्याउने सम्मको घुर्की देखाएका छन् । सरकार भने कडा रुपमा प्रस्तुत भएको छ ।

बास्तबमा सरकार यी यातायात ब्यबसायीको घुर्की र धम्कीबाट बिचलित हुनुहुँदैन र यो सिन्डिकेट पुर्णरुपमा उखेल्नुपर्छ । यो सिन्डिकेटको मनोमानीबाट जनता निकै पिडित थिए ।  सरकार यसरी कडा रुपमा प्रस्तुत हुने हो भने यहाँ कसैले पनि आफुखुशी गर्न पाउने थिएनन् । बास्तबमा देश बिकासका लागि आवस्यक पर्ने भनेको नै यस्तै बोल्ड निर्णय हो । जनताले पनि सरकारको यस्ता बोल्ड निर्णयको खुलेर तारिफ गर्नुपर्छ अनि मात्र सरकारलाई हौशला मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here