आफ्नो उद्यमशील सोचलाई अन्तरप्रेरणाको सहयोगमा यथार्थमा बदल्नुहोस्

    0
    859

    अन्तरप्रेरणाले नेपाली उद्यमशीलता विकाशका लागि नेपालमै काम गरौँ भन्ने पहल लिएर अगाडी बढेको छ । यसै पहल अन्तर्गत अन्तरप्रेरणाले विभिन्न किसिमका ‘इन्क्युबेशन’ सेन्टरहरु विभिन्न कलेजमा स्थापना गर्नुका साथै नव उद्यमशाला भन्ने एक महिने तालिम पनि लिएर आएको छ । यी दुवै कार्यक्रमले अन्ततः नेपाली उद्यमशीलता विकाशका लागि योगदान दिने उदेश्य लिएको छ ।

    नव उद्यमशाला एक महिना गहन तालिम कार्यक्रम हो, जसमा हामी आफ्नो उद्यमशील सोचलाई यथार्थमा बदल्न र व्यवसायमा परिवर्तन गर्न सिक्छौ । यस कोर्समा इच्छुक उद्यमीहरुले आफ्नो उद्यमशील सोचलाई व्यवसायमा परिवर्तन गर्न चाहिने सबै किसिमका ज्ञान, सीप र कौशल सिक्ने अवसर पाउनेछन् । यसका साथै विभिन्न तालिमकर्ताको सहयोगद्धारा आफ्नो व्यवसायको व्यापारिक ढाँचा तयार पार्न र वास्तविक ग्राहकसंग परीक्षण पनि गर्न सक्छन् । यो तालिम कार्यक्रम गत वर्ष २०१७ मा सुरु भएको थियो भने, २०१८ फेबुअरी महिनामा दोस्रो संस्करण लिएर उपस्थीत भएको छ ।

    नव उद्यमशालाको दोस्रो संस्करणको सफलता पछि हामी गर्वका साथ भन्न सक्छौ हाम्रो कार्यक्रममा सहभागी २४ उद्यमीहरुले आफ्ना उद्यमशील सोचलाई व्यवसायका तर्फ उन्मुख गराउन सफल भएका छन् । सहभागी उद्यमीहरुको उत्साहजनक प्रतिक्रियाका कारणले गर्दा हामी तेस्रो संस्करण अप्रील २३, २०१८ बाट सुरु गर्ने भएका छौ ।
    तेस्रो संस्करणमा तपाईहरुले आफ्ना सपना वा सोचलाई व्यवसायका तर्फ लग्न सहयोग हुने एक महिनाको तालिम तथा क्रियाकलाप दिईनछ र साथै कार्यक्रम पछि पनि निरन्तर अनुगमन गरिनेछ । । सहभागीहरुले प्रत्येक दिन हाम्रा अनुभवी मेन्टरबाट दुई घण्टा सामुहिक परामर्स पाउनुका साथै विभिन्न स्थानमा एमभिपि प्रदशनी पनि हुनेछ् । साथसाथै तपाईले नेटर्वकिगंको मार्फत साझेदार तथा लगानीकर्ता सगं भेट गर्ने अवसर पनि प्राप्त गर्न सक्नु हुनेछ ।

    कोस्र विवरण
    मिती र समय – २३ अप्रील – २३ मे सोमबार – शुक्रबार (बिहान ७ – ९)
    शुल्क ः नेरु १२००० मात्र
    स्थान ः अन्तरप्रेरणाको कार्यलय , डिल्लीबजार, काठमाण्डौ
    समपर्क ः ९८४३१०२७०३, ४४१८८२६, ४४१८८२७

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here