सलमान खानलाई पाँच वर्ष जेल सजाय

    0
    237

    भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ।

    ‘हम साथ साथ हैं’ नामक एक फिल्मको छायांकनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो।

    जोधपुरस्थित अदालत बाहिर प्रशंसकहरू भेला भएका थिए भने सुरक्षाका निम्ति सयौं प्रहरी तैनाथ गरिएका थिए।

    सोही मुद्दामा आरोपित अन्य चार फिल्म कलाकारहरुलाई भने अदालतले निर्दोष ठहर गरेको छ।

    पुनरावेदन

    जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ। उनलाई अब जेल लगिनेछ।

    ५२ वर्षीय खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन्।

    तर संवाददाताहरू भन्छन् उनले कम्तीमा केही दिन जेलमा बिताउनुपर्नेछ।

    यसअघि गाडी दुर्घटनामा सडकमा रहेका एक मानिसको हत्या गरेको आरोपमा चाहिं सलमान खानलाई सन् २०१५ को डिसेम्बरमा निर्दोष ठहर गरिएको थियो।

    साभार –  बिबिसी

     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here