गणतन्त्रमा राजाको सवारी : खोइ खोइ बाटो छोड् !

0
1392

                                           सम्पादकीय 

‘गणतन्त्रमा पनि राजा’ सुन्दा अचम्म लाग्न सक्छ तर बिहीबार काठमान्डुका सडकमा त्यस्तै भान भयो ।

संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो ।राष्ट्रपति बग्गीसहित सवारी भएको तस्बिर खिचेर धेरैले त्यसलाई ‘मौसुफको सवारी’ भनेर सङ्ज्ञा दिए ।

बास्तबमा हामीले एक राजा फ्यालेर गणतन्त्र त ल्यायौँ तर त्यस्ता सयौँ राजाहरु ल्यायौँ ।  चुनाबको बेला मात्र जनताको घरदैलोमा पुग्ने हाम्रा नेताहरु पद पाएपस्चात आफुलाई विशिष्टको रुपमा उभ्याउन तल्लिन हुन्छन् ।ब्यबस्था त बद्लियो तर अवस्था भने फेरिएन । नेताहरु शक्तिकै पुजारी देखिए । पद पाएपस्चात जनतामाथी आफ्नो शासन लाद्न नै खोज्छन् ।सामान्य मान्छेको दुख उनीहरुलाई गौण लाग्छन् ।भौतिक परिवर्तनमा समाज अगाडी हुन्छ तर त्यो परिवर्तनलाई आत्मसाथ गर्न नसक्नु हाम्रा नेताहरुको दुर्भाज्ञ हो ।

जनतालाई दुख दिएर पुरै सडक बन्द गरेर बग्गीमा सवार भएर रवाफ देखाउनुको अर्थ के ? त्यो जनताको भिडमा कोही बिरामी होलान् कोही परिक्षा दिन जान लागेका होलान् तर मौसुफहरुलाई त्यस्ता कुराको के वास्ता! कि त त्यो कार्यक्रम बिदाको दिन गर्नुपर्थ्यो कि त छुट्टै मार्ग बनाएर गर्नुपर्थ्यो । सारा जनतालाई रोकेर बग्गीको सवारी देखाउनुपर्ने कुनै जरूरी थिएन ।

फलेको वृक्षको हाँगोझुक्छ भनेझैँ सत्तामा पुगेकाहरु नम्र हुनुपर्ने हो तर यहाँ त बिपरित छ । आफु नै ठुलो, आफु नै राजा हुनुपर्ने सोच हाबी छ । हामीले बिदेशी नेताहरुले सरल जिवनयापन गरेको धेरै सुनेका छौँ, कोही साइकलमा कार्यलय आउने जाने गरेको देखेका छौँ तर त्यो यहाँ सपनाझैँ लाग्छ । चुनाबका बेला निर्धक्क हिड्ँने यी मौसुफहरुलाई पदमा पुगेपस्चात यती धेरै सुरक्षा चुनौती कोबाट आउँदो रहेछ ।

तस्बिर – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here