बुवाको माया..

4
232149

एकदिन म आमा बुवासङ्ग यती रिसाए कि म ठुलो मान्छे नबनेसम्म घर कहिले नफर्किने कसम खाए । मलाई जाबो एउटा बाइक त किन नसक्नेले मलाई डाक्टर बनाउने कुनै अधिकार छैन ।

रिसको झोकमा मैले यो पनि ख्याल गरेनछु कि मैले मेरो बुवाको च्यात्तेको जुत्ता लगाएर हिडेको रहेछु । मैले उहाको च्यात्तेको पर्स पनि चोरेको थिए जसमा केहि कागजका टुक्राहरु थिए । एउटा पनि बस नभेटेकोले म स्टेसनमा बसेर बुवाको पर्स हेर्ने बिचार गरे । ति कागजहरु खोल्दा त्यहाँ एउट ४० हजारको रिसिप्ट र ल्यापटपको बिल रहेछ जुन उहाले मेरो लागी किन्दिनुभएको थियो । मैले अर्को कागज भेटे जसमा बुवाको अफिसको म्यानेजरले बुवालाई अफिसमा नयाँ र गतिलो जुत्ता लगाएर आउनु भनेर लेखेका रहेचन ।

आमा त बुवालाई सधै नयाँ जुत्ता लगाउनु भन्नुहुन्थ्यो तर उहा त्यो जुत्ता अझै ६ महिना टिक्ने भन्दइ टार्नुहुन्थ्यो । अनि मैले अर्को कागज खोल्दा त्यसमा एक्सेन्ज लेटर रहेछ । उनले आफ्नो स्कूटर बेचेर मेरो लागी नयाँ बाइक किन्न लाग्नुभएको रहेछ ।

यो सब देखेर म आफु र आफ्नो आसुलाई रोक्न सकिन र दौडिदै घर फर्के र आफ्नो बुवालाई अङ्गालो हाले र कहिले घर नछाड्ने कसम खाए “।

4 COMMENTS

  1. धेरै राम्रो रचना।मर्म स्पर्सी।ज्ञान वर्ध्दक।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here